समाचार
कन्चन गाउँपालिकाको परिचय
साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका सिमाना भित्र करिब विच भाग हुँदै उत्तरबाट दक्षिणमा बग्ने कञ्चन नदिसंगै प्राकृतिक, भौगोलिक, साँस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । खुल्ला दिशा मुक्त, पूर्ण खोपयूक्त र पूर्ण साक्षर यस गाउँपालिकाको उत्तरपश्चिम क्षेत्रमा बाक्लो जंगल र केही भागमा बुट्यान बाहेक अन्य क्षेत्रमा खेतीयोग्य जमीन रहेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार,कार्मी, सार्की, दमाइ लगाएत पहाडी मूलका विभिन्न जातजाति र रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमान आदि लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका ७,०८४ घर छन् जसमा महिला १८,२०७ र पुरुष १४,८६५ गरि जम्मा ३३,०७२ जनसंख्या रहेकोछ यस्तै यहाँको लिंगको अनुपात ९७.२ र गरिवी १९.२६ रहेको छ ।
वडा अध्यक्ष र सचिवहरु
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | हरि नारायण चौधरी | ९८५७०३७१२१ |
२ | टेक बहादुर गुरुङ्ग | ९८५७०३९९१८ |
३ | टिका राम सापकोटा | ९८४७२४६२९६ |
४ | केशर बहादुर खत्री | ९८६७३३४७७७ |
५ | कुल प्रसाद पौडेल | ९८५७०३४०३२ |
वडा | नाम | फोन नम्बर |
---|---|---|
१ | गंगा घिमिरे | ९८४७५२३१८३ |
२ | लक्ष्मी शर्मा | ९८४७००८१०८ |
३ | चोलाकान्त पाण्डेय | ९८४९५१७२६३ |
४ | चक्रपाणी पौडेल | ९८४७२५५२७९ |
५ | वृष बहादुर पुलामी | ९८५७०३७३०० |
हाम्रो कार्यालय रहेको स्थान
महत्वपूर्ण कञ्चन समाचारका अनलाइन लिंकहरु
कञ्चनमा १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा अन्तकृया
कृषि शाखाद्धारा ७० प्रतिशतमा स्प्रेयर वितरण
कञ्चनमा गाउँविकास याेजना तर्जुमा कार्यशाला गाेष्ठी सम्बन्धमा
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम
नि:शुल्क अल्ट्रासाउण्डकाे सुविधा सम्बन्धि
कञ्चनमा पोषणमैत्री अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न
आवधिक गाउँविकास योजना तर्जुमाका लागि वडास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम