बैदेशिक लगानि कर्ता र कञ्चन गाउँपालिकाको सहकार्यमा कञ्चन गाउँपालिकामा कृषि तथा बाताबरणको क्षेत्रमा काम गर्न र यहाँको जिवन स्तर उकासन के कस्ता विषयमा काम गर्न सकिन्छ भन्ने विषयमा अन्तराष्ट्रिय संस्था र कञ्चन गाउँपालिकाको बिच छलफल भएको थियो।
बैदेशिक लगानि कर्ताहरुले कञ्चन गाउँपालिकामा आधुनिक कृषि तथा पशु व्यवसायलाई प्रोत्साहन गर्नुका साथै विशेष लगानि गरेर यहाँ रोजगारिको सृजना गरि जिवन स्तर माथि उठाउनुका साथै आधुनिक शिक्षामा जोड दिने विषयमा छलफल गरिएको थियो।